
काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् खड्काले विशेष महाधिवेशनविरूद्ध आफू अदालत गएकाले अहिले उम्मेदवार नबन्ने बताएका हुन् । अदालत गएका बेला उम्मेदवार बन्नु राजनीतिक मूल्यमान्यता र नैतिकताको अडानको प्रतिकूल हुने उनको भनाई छ ।
साथै आफू चुनाव नलड्ने निर्णयले पार्टीका साथीहरू र आम मतदाताको भावनामा हुने प्रतिकूलता र लाग्ने चोटकाप्रति खड्काले सबैसँग क्षमा मागेका छन् ।











