Logo
Logo

दमक कांग्रेस सभापतिद्वारा राजीनामा, बालेनलाई सहयोग गर्ने घोषणा


2.2k
Shares

काठमाडौं । नेपाली कांग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईँले राजीनामा दिएका छन् । उनले पार्टीको साधारण सदस्यता समेत नरहने गरि राजीनामा दिँदै झापा ५ मा रास्वपाका उम्मेदवार बालेन शाहलाई सघाउने निर्णय गरेका हुन ।

प्रसाईँले आफ्नो पद र पार्टीको क्रियाशील सदस्यता समेत परित्याग गरेको घोषणा गर्दै अबको आफ्नो यात्रा पद, कुर्सी वा झण्डाका लागि नभई देशमा परिवर्तन ल्याउनका लागि हुने बताएका छन् ।

उनले बालेन शाहलाई विजयको अग्रिम शुभकामना दिँदै लेखेका छन्,’काठमाडौँ महानगरका निवर्तमान मेयर बालेन शाहलाई विजयको अग्रिम शुभकामना दिँदै मेरो तर्फबाट पूर्ण साथ, समर्थन र चुनावी अभियानमा सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्