Logo
Logo

काठमाडौं-५ मा एमाले नेता ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता


252
Shares

काठमाडौं । काठमाडौं-५ मा नेकपा एमालेका नेता ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । मङ्गलवार निर्वाचन अधिकृतको कार्यालयमा दलबलसहित पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

पोखरेलले उम्मेदवारी दिएकै क्षेत्रमा कांग्रेसबाट महामन्त्री प्रदीप पौडेल र रास्वपाबाट सस्मित पोखरेल उम्मेदवार रहेका छन् । उनले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन् । आज सबै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता चलिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्