काठमाडौं । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा २५४ जनाको उम्मेदवारी दर्ता भएको छ । यहाँको क्षेत्र नम्बर १ मा सबैभन्दा धेरै जनाले उम्मेदवारी दर्ता गरेका छन् । क्षेत्र १ मा मात्रै ३० जनाको उम्मेदवारी दर्ता भएको हो ।

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ । यसका लागि आज मङ्गलवार देशैभर उम्मेदवारी दर्ताको काम सम्पन्न भएको छ ।
काठमाडौंको कुन निर्वाचन क्षेत्रमा कति उम्मेदवार ?
काठमाडौं १ –३०
काठमाडौं २– २२
काठमाडौं ३–२४
काठमाडौं ४–२८
काठमाडौं ५–२६
काठमाडौं ६–२२
काठमाडौं ७–२८
काठमाडौं ८–२२
काठमाडौं ९–२६
काठमाडौं १०–२६











