Logo
Logo

पाँच शाखा अधिकृत उपसचिव पदमा बढुवा सिफारिस


630
Shares

काठमाडौं । सरकारले पाँच जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा कार्यक्षमताको आधारमा बढुवा सिफारिस गरिएको जानकारी दिएको हो ।

जसमा नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, स्यानिटरी उपसमूह (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत दुई जना, नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, वि. एण्ड आर्क. उपसमूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत एक जना र नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, इरिगेसन उपसमूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत दुई जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस भएका छन् ।

बढुवा सिफारिस हुनेहरुमा आरती श्रेष्ठ, प्रकाश न्यौपाने, सुरेन्द्र बैद्य, निशा बैदार र जमुना परियार बढुवाका लागि सिफारिस भएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्