Logo
Logo

ओलीले भदौ २३ मै राजीनामा दिएको भए संसद् बच्थ्यो : योगेश


4.9k
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते नै राजीनामा दिएको भए संसद विघटन गर्नुपर्ने अवस्था नआउने बताएका छन् ।

बुधवार बिहान ताप्लेजुङमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आन्दोलनको पहिलो दिन नै ओलीले राजीनामा दिएर संसदबाटै सरकार निर्माणको पहल गरेको भए संसद् जीवित हुनसक्ने अवस्था औंल्याएका हुन् । उनले भदौ २४ गतेको घटनालाई संगठनात्मक र सुनियोजित विध्वंस भनेका छन् ।

साथै उनले सरकारको असावधानी, फितलो सुरक्षा व्यवस्था र सही दृष्टिकोणले सुरक्षाफौजको परिचालन हुन नसक्दा नवयुवाहरूको मृत्यु हुन पुगेको बताए ।

तत्कालीन सरकारले आन्दोलनरत पक्षसँग वार्ताका लागि देखाएको उदासीनताले समेत घटना उत्तेजित हुन पुगेको उनको ठम्याइ छ । ताप्लेजुङबाट आफू पनि प्रतिनिधिसभाको उम्मेदवार बन्न इच्छुक रहे पनि पार्टीले युवा नेता क्षितिज थेबेलाई चयन गरेकोले चयन भएका उम्मेदवार अब एमालेको साझा उम्मेदवारको रूपमा हुने भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्