Logo
Logo

उपत्यकाका सार्वजनिक सवारीमा सीसी क्यामेरा जडान सुरु


630
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनहरूमा सीसी क्यामेरा जडानको प्रक्रिया सुरु गरिएको छ ।

The current image has no alternative text. The file name is: bus.jpg

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार एक कार्यक्रम आयोजना गर्दै उपत्यकामा चल्ने सार्वजनिक सवारीमा सीसी क्यामेरा तथा ड्यासबोर्ड क्यामेरा जडान अभियानको औपचारिक सुरुवात गरेको हो ।

सार्वजनिक सवारीभित्र चोरी, अभद्र व्यवहार तथा अन्य आपराधिक गतिविधिबारे गुनासो बढेपछि यस्तो व्यवस्था लागू गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार सवारीसाधनमा क्यामेरा जडान हुँदा दुर्घटना कसरी र के कारणले भयो भन्ने तथ्य पहिचान गर्न पनि सहज हुने अपेक्षा गरिएको छ । यसले यात्रुको सुरक्षा बढाउनुका साथै सवारी सञ्चालनलाई थप अनुशासित बनाउन सहयोग पुग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्