काठमाडौँ । साफ फुटसल च्याम्पियनशिपको महिलातर्फ नेपालले पाकिस्तानलाई ५-१ गोलले पराजित गरेको छ ।

थाइल्यान्डको बैंककस्थित नोन्थाबुरी रंगशालामा आज भएको खेलमा नेपाली टोलीले राम्रो प्रदर्शन देखाएको थियो ।
यसअघि नेपाली महिला टोलीले पहिलो खेलमा श्रीलङ्कासँग २-२ बराबरी खेलेको थियो । दोस्रो खेलमा माल्दिभ्सलाई ५-० गोलले हराएको, तेस्रो खेलमा भारतसँग ८-१ गोलले पराजित भएको, र चौथो खेलमा बङ्गलादेशसँग ३-० गोलले हार्नु परेको थियो ।
पहिलोपटक आयोजना गरिएको साफ महिला फुटसल च्याम्पियनशिपमा दक्षिण एशियाका सात देश नेपाल, भारत, माल्दिभ्स, बङ्गलादेश, भुटान, श्रीलङ्का र आयोजक थाइल्यान्ड् सहभागी छन् ।
प्रतियोगिता लिग चरणको आधारमा खेलिने छ र शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।











