Logo
Logo

अघिल्लो निर्वाचनको तुलनामा यसपटक उम्मेदवारी दिने बढे


504
Shares

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नेको संख्या अघिल्लो निर्वाचनको तुलनामा उल्लेख्य रूपमा बढेको निर्वाचन आयोगले जनाएको छ।

The current image has no alternative text. The file name is: Nirbachan-Aayog.jpg

मंगलबार, १६५ निर्वाचन क्षेत्रमा जम्मा ३,४८७ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । सन् २०७९ मा भने २,४१२ उम्मेदवारले दर्ता गराएका थिए ।

यस वर्ष ६८ राजनीतिक दलबाट २,२९७ उम्मेदवारले मनोनयन दर्ता गरेका छन्, जसमा पुरुष २,०६४ र महिला २३५ छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार १,१८७ रहेका छन्, जसमा पुरुष १,०२४ र महिला १६० छन् । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

उम्मेदवारको उमेर समूह अनुसार वितरण यस प्रकार छन्-

२५–३५ वर्ष: ५८३ जना

३६–५० वर्ष: १,६१० जना

५१–६५ वर्ष: १,०९० जना

६५ वर्ष माथि: २०१ जना

विशेषगरी, सुशासन र पारदर्शिताको नारासहित भएको जेनजी आन्दोलनपछि युवाहरूको उम्मेदवारी दर्ता उल्लेख्य रूपमा बढेको अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्