काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्ससँग बिहीबार त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे भिड्नेछ ।

नेपालले पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो । कप्तान इन्दु बर्माले मिडल अर्डर कमजोर देखिएको र बलिङ पनि प्रभावकारी नभएको बताएकी छन् । तीन दिनको विश्रामपछि नेपालले कमजोरी सुधार्दै पहिलो अंक जोड्ने लक्ष्य राखेको छ ।
नेपाल समूह ‘बी’ मा छ र शीर्ष ३ मा पर्न कम्तीमा २ खेल जित्नुपर्ने अवस्था छ । नेदरल्यान्ड्सले एक जितले मात्र अघिल्लो चरणमा प्रवेश पक्का गर्नेछ ।
नेपालका प्रमुख खेलाडीहरूस् इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, सीता रानामगर, काजल श्रेष्ठ, कविता जोशी ।
नेदरल्यान्ड्सका प्रमुख खेलाडीहरू हिथर सिगर्स, स्टेर कालिस, कारोलिन डे लाङ, सिल्भर सिगर्स ।
नेपालको टप अर्डर ब्याटिङ प्रदर्शन गर्ने सम्भावना सम्झना खड्का र बिन्दु रावलमा छ भने नेदरल्यान्ड्सको बलिङ जोडी कारोलिन डे लाङ र सिल्भर सिगर्स प्रभाव पार्न सक्छ।











