
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हरेक निर्वाचन क्षेत्रमा पर्यटक उम्मेदवारलाई नभइ स्थानीय उम्मेदवारलाई मतदान गरेर जिताउनुपर्ने बताएका छन् ।
झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बैंकले नोट छाप्दा धितो जमानी बिना नछाप्ने भन्दै धितो न जमानीको मान्छेलाई मत दिएर आफ्नो मत खेर नफाल्न भनेका हुन् ।
उनले भने, ‘नचिनेको मान्छेलाई २०६४ सालमा मत दिँदा विकासमा पछि परेको परियो । आफूले महोत्तरीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको घरअघि सडक, पुल निर्माण गरिदिएको तर झापामा बालेन साहले के गर्नुभएको छ ? भन्दै उनले प्रश्न गरे ।
साहले काठमाडौंका सुकुम्वासीहरुको उठिवास गराएको देखेर झापाका सुकुम्वासीहरुले आफूलाई झापाबाट पनि भगाउने हुन् की भन्ने डर पैदा भएको गुनासो गरेको उनले बताए ।
बालेन साह उम्मेदवार मात्रै हुन गएको र त्यसले केही नबिग्रिने भन्दै उनले सामाजिक सञ्जालको तुवाँलोले फिँजाएको भ्रमबाट मुक्त हुन पनि आग्रह गरे ।











