काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलङ्का ए सँगको दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ ।

बिहीबार सम्पन्न दोस्रो अभ्यास खेलमा श्रीलङ्का ए ले नेपाललाई ७३ रनले पराजित गरेको हो । श्रीलङ्का ए ले दिएको २२३ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाएको थियो । यसअघि श्रीलङ्का ए ले पहिला ब्याटिङ गर्दै ५ विकेट गुमाएर २२२ रन बनाएको थियो ।
यसअघि पहिलो खेलमा नेपाल श्रीलङ्का ए सँग ६ विकेटको हार बेहोरेको थियो ।
नेपालले श्रीलङ्कामा अब जनवरी २४ मा तेस्रो अभ्यास खेल खेल्ने तालिका छ । त्यसपछि नेपाली टिम भारत जाने छ । भारतमा मुम्बई क्रिकेट एसोसियसन प्रेसिडेन्ट एघारसँग जनवरी २९ मा अभ्यास खेल खेल्ने छ भने जनवरी ३१ मा सिसिआईसँग खेल्ने क्यानले जानकारी दिएको छ ।











