Logo
Logo

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुर्याइने


315
Shares

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुराइसक्ने जनाएको छ । 

माघ ९ गते उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने र त्यसपछि प्रत्यक्षतर्फको मतपत्र छपाई सुरु हुने आयोगले जनाएको छ । माघभित्र प्रत्यक्षतर्फको मतपत्र छपाई सम्पन्न गरेर फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुराइसक्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जनाएका छन् । निर्वाचन आयोगले समानुपातिकतर्फ डेढ करोड मतपत्र छपाई भइसकेको र बाँकी ५० लाख मतपत्र छपाई कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । 

आयोगले निर्वाचनका लागि ५१ मध्ये ३७ वटा सामाग्री सम्बन्धित जिल्लामा नै खरिद गर्ने व्यवस्था गरिएको छ । बाँकी रहेका १४ वटा सामग्रीहरू माघ महिनाको तेस्रो हप्ताभित्र प्राप्त गर्ने र खण्ड९खण्ड बनाएर ढुवानी गरिने आयोगले जनाएको छ । गलत सूचना नियमन गर्न निरन्तर आयोगले काम गरिरहेको र नियमनकारी निकायसँग सहकार्य गरेर कारबाहीको दायरा ल्याउने काम भट्टराइले बताएका छन् । 

निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारको नामावली प्रकाशन गरेपछि शुक्रवार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि १ गरी तीन हजार ४ सय ८७ को उम्मेदवारी दर्ता भएको छ ।  

प्रतिक्रिया दिनुहोस्