Logo
Logo

सिरिया-लेबनान सीमा क्षेत्रमा इजरायलको हवाई आक्रमण


378
Shares

एजेन्सी । सिरिया र लेबनानको सीमा क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तिमा दुई जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् ।

The current image has no alternative text. The file name is: lebanon.jpg

बीबीसीका अनुसार इजरायलले हिजबुल्लाहले हतियार तस्करी गर्ने गरेको आरोप लगाउँदै चारवटा नाकालाई लक्षित गरी आक्रमण गरेको जनाएको छ ।

लेबनानी अधिकारीहरूले इजरायलको यो आक्रमणले युद्धविराम सम्झौता र देशको सार्वभौमिकताको उल्लङ्घन भएको बताएका छन् । इजरायल र लेबनानस्थित हिजबुल्लाह लडाकुबीच सन् २०२४ मा युद्धविराम भएको भए पनि इजरायलले त्यसको बारम्बार उल्लङ्घन गर्दै आएको लेबनानको दाबी छ ।

युद्धविराम सम्झौता कायम रहे पनि सीमावर्ती क्षेत्रमा हिंसा निरन्तर जारी रहँदा अहिलेसम्म लेबनानमा करिब ३ सय ५० जनाले ज्यान गुमाइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्