Logo
Logo

दोहोरो अङ्कले बढ्यो सेयर बजार


315
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्क बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधवार सामान्य करेक्सन भएको नेप्से, आज बिहीबार बढेर बन्द भएको हो ।

बिहीबार नेप्से परिसूचक ९.२३ अङ्क बढेर २७१४.६१ विन्दुमा पुगेको छ । त्यस्तै, आज फ्लोट इण्डेक्स ०.६६ अङ्क बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.४७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१४ अङ्क घटेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । बुधवार ८ अर्ब ९२ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा ३३२ स्टकको ९४ हजार १७४ पटकको कारोबारमा ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँबराबरको १ करोड ९० लाख ७५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

आज ४ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । एसवाई प्यानल नेपाल, त्रिशुली जलविद्युत कम्पनी, श्रीनगर एग्रीटेक इण्डष्ट्री र कर्पोरेट डेभलपमेन्ट बैङ्कको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, एक्सेल डेभलपमेन्ट बैङ्कको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने रावा इनर्जी डेभलपमेन्टको सेयरमूल्य ९ प्रतिशत बढेको छ । कारोबारमा आएको कालिका पावर कम्पनीको सेयरमूल्य सर्वाधिक ६.२५ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आँखा खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४० करोड ८२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, मञ्जुश्री फाइनान्सको करिब ३६ करोड रुपैयाँको सेयर कारोबार भएको छ भने एसवाई प्यानल नेपालको करिब ३३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक २.३८ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैङ्क, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचकसर्वाधिक १.१५ प्रतिशत घटेको छ । 

प्रतिक्रिया दिनुहोस्