
काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासीको क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका दुई जनाको उम्मेदवारी रद्द भएको छ । नेपाली कांग्रेसका देवेन्द्रराज कँडेल र आम जनता पार्टीकी मायाकुमारी थापाको उम्मेदवारी रद्द भएको हो ।
जिल्ला निर्वाचन कार्यालय नवलपरासीका अनुसार क्षेत्र नं. २ मा नेपाली कांग्रेसबाट कँडेल र भीमबहादुर थापाले आधिकारिक टिकट दाबी गर्दै मंगलबार उम्मेदवारी दिएका थिए ।
कँडेलको उम्मेदवारी सम्बन्धी विवाद आएपछि निर्वाचन आयोगले आवश्यक छानबिन गरि कानुनी प्रावधान अनुरूप पहिले दर्ता हुनेलाई (थापालाई) आधिकारिकता दिँदै कँडेलको उम्मेदवारी रद्द गरिदिएको हो । २ निर्वाचन क्षेत्र रहेको नवलपरासीमा ५७ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।











