काठमाडौं । विभागीय टोली एपीएफले टाइगर कप भलिबलको पहिलो खेलमा पुरुषतर्फ रोमाञ्चक जित हात पारेको छ ।

पोखरा रंगशालामा शुक्रवार सम्पन्न खेलमा एपीएफले घरेलु टोली गण्डकी भलिबल सङ्घलाई ३-१ को सेटमा पाखा लगाएको हो । योसँगै टोलीले ३ अङ्क जोडेको छ ।
रोमाञ्चक बनेको खेलको पहिलो र दोस्रो सेट एपीएफले २६-२४ र २७-२५ ले आफ्नो पक्षमा पार्यो । तर, तेस्रो सेटमा गण्डकीले सानदार पुनरागमन गर्दै खेल २५-२१ ले आफ्नो पक्षमा पार्यो । योसँगै खेल अर्को सेटमा लम्बिन पुग्यो ।
तर, चौथो सेटमा एपीएफले २५–२१ ले जित निकाल्दै खेल आफ्नो पक्षमा पार्यो । खेलभरि उत्कृष्ट प्रदर्शन गरेका एीएफका सुप्रेन्द्र परियार ‘टाइगर अफ दी म्याच’ भए ।











