Logo
Logo

नेपालमा १ लाख धेरैले जिते कारोना


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ कात्तिक ।
नेपालमा एक लाख भन्दा धेरैले कोरोनलाई जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म एक लाख २ हजार ८ सय २० जना निको भएका छन् ।


नेपालमा एक लाख ४८ हजार पाँच सय ९ जनामा कोरोना भएको छ । जसमध्ये ४४ हजार ८ सय ७७ जना उपचारकै क्रममा छन् भने ८ सय १२ जनाले ज्यान गुमाएका छन् ।
नेपालमा हालसम्म १३ लाख ५० हजार एक सय ५२ जनाको परीक्षण भएको छ । नेपालमा निको हुने दर अन्य देशको तुलनामा कम छ ।

बिहीबार नेपालमा ३ हजार ६ सय ३७ जनामा कोरोना सक्रमण भएको छ । त्यसमध्ये एक हजार पाँच सय ५२ जना उपत्यकाका छन् । १५ हजार २५५ को परीक्षण गर्दा यतीमा संक्रमण देखिएकोमा छ ।
काठमाडौंमा १२८७, भक्तपुरमा ११२ र ललितपुरमा १५७ जना थपिएका छन् । त्यस्तै, २४ घन्टामा तीन हजार २ सय १५ जनाले कोराना जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्