Logo
Logo

एरिका कराँते वान प्रिमियर लिगको फाइनल खेल्दै


126
Shares

काठमाडौं । ऐतिहासिक पदक विजेता खेलाडी एरिका गुरुङले डब्लुकेएफ कराँते वान प्रिमियर लिग ६८ केजी माथिको फाइनलमा खेल्दै छिन् ।

विश्व कराँते महासङ्घ (डब्लुकेएफ) को आयोजनामा इस्तानबुलमा जारी प्रिमियर लिगमा हिजो फाइनल पुगेकी हुन् । काजकिस्तानकी सोफियासँग फाइनल खेल्ने छिन् ।

यो अन्तर्राष्ट्रिय स्तरमा उनीहरूबीचको तेस्रो भेट हो । १९औँ एसियाली खेलकुदको फाइनलमा सोफियाले एरिकालाई हराएकी थिइन् । २०औँ एकेएफ च्याम्पियनसिपमा सेमिफाइनलमा एरिकाले सोफियालाई हराएकी थिइन् ।

एरिकाले १९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पटक ऐतिहासिक रजत पदक दिलाएकी थिइन् । यसका साथै उनले सन् २०२५ मा मोरक्कोमा सम्पन्न कराँते वान प्रिमियर लिगमा कास्य पदक जितेकी थिइन् । मलेसियामा भएको कराँते वान सिरिज ‘ए’ मा स्वर्ण पदक जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्