Logo
Logo

नेप्सेमा सामान्य करेक्सन, कारोबार १६ अर्ब नाघ्यो


189
Shares

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज नेप्से परिसूचकमा सोमबार सामान्य ‘करेक्सन’ देखिएको छ। आइतबार ५७ अंकले उकालो लागेको नेप्से सोमबार ३.०७ अंकले घटेर २७६९.०९ अंकमा बन्द भएको हो ।

The current image has no alternative text. The file name is: share-market-dhitopatra-dalal.jpg

सूचकमा सामान्य गिरावट आए पनि कारोबार रकमले बजारको उत्साह भने कायमै रहेको संकेत गरेको छ । चुनावी माहोलसँगै सुधारको बाटोमा देखिएको सेयर बजारमा लगानीकर्ता पुनः सक्रिय बन्दा सोमबार कारोबार रकम १६ अर्ब रुपैयाँ नाघेको छ ।

कारोबार सुरु हुँदा २७७२.१७ अंकमा रहेको नेप्से दिनभर उतार-चढावपछि ३.०७ अंक घटेर बन्द भएको हो । सोमबार १ सय ६५ कम्पनीको सेयर मूल्य घट्दा समग्र बजार सूचक नकारात्मक बनेको नेप्सेले जनाएको छ ।

समूहगत परिसूचकमध्ये बैंकिङ, विकास बैंक, वित्त, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, व्यापार र अन्य समूह घटेका छन् । तर होटल, जलविद्युत्, उत्पादनमूलक तथा सामूहिक लगानी कोष समूह बढ्दा केही सन्तुलन कायम भएको देखियो ।

सोमबार ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने ७ कम्पनीको मूल्य स्थिर रह्यो। एसवाई प्यानल, हिमस्टार, सान्भी पावर, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रोको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा सोमबार ३ सय ३२ कम्पनीको १ लाख ४७ हजार ६ सय ७६ कारोबारमार्फत ३ करोड ६२ लाख ६४ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम १६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । यो रकम आइतबारको तुलनामा साढे २ अर्ब रुपैयाँले बढी हो।

प्रतिक्रिया दिनुहोस्