Logo
Logo

सुनको मूल्य तोलाकै तीन लाख १८ हजार ८०० पुग्यो


252
Shares

काठमाडौं । स्थानीय बजारमा आज (बुधबार) पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ कायम भएको हो ।

यसअघि मङ्गलबार सुन तीन लाख नौ हजार ३०० मा कारोबार भएको थियो । त्यस्तै आज चाँदी प्रतितोला सात हजार ३०० कायम भएको छ । यसअघि हिजो ६ हजार ८७० कायम भएको छ ।

अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्