Logo
Logo

टेलिकमले ल्यायो विभिन्न प्याकेजसहितको विन्टर अफर


252
Shares

काठमाडौं । नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक ‘विन्टर अफर’ ल्याएको छ । यसअघि नै उपलब्ध अटम अफरअन्तर्गतका विभिन्न प्याकेजलाई सेवाग्राहीले रुचाएको भन्दै कम्पनीले सोही अफरलाई निरन्तरता दिइएको जनाएको छ ।

पहिलेदेखि नै उपलब्ध एनटी–एनटी भ्वाइस प्याक, अल नेट भ्वाइस प्याक, अनलिमिटेड भ्वाइस प्याक, विभिन्न प्रकारका डेटा प्याक र अनलिमिटेड प्याकेज, कम्बो प्याक, सजिलो अनलिमिटेड प्याक, अर्ली अनलिमिटेड प्याक, रेन्टलसहितको पोस्टपेड प्याकेज, सोसल मिडिया प्याकलगायतका प्याकेज यथावत् नै रहेको बताइएको छ ।

कम्पनीका अनुसार विन्टर अफरमा एड अन प्याक, सियुजी प्याकेज, फरक क्षमता भएका व्यक्तिका लागि प्याकेज तथा नमस्ते वाइफाई प्रयोगकर्ताका लागि उपलब्ध बन्डल प्याकेजलगायतका प्याकेजसमेत उपलब्ध छन् । त्यसैगरी, एफटिटिएचअन्तर्गतका प्याकेज पनि यथावत् राखिएको बताइएको छ ।

नेपाल टेलिकमले हाल पोस्टपेड मोबाइलमा उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्याकेजलाई रिकरिङ प्याकेजका रूपमा निरन्तरता दिइएको छ । यसअनुसार सजिलो अनलिमिटेड प्याकेज प्रयोगकर्ताले प्रत्येक महिना यसलाई नवीकरण गर्नुपर्ने झन्झट हुनेछैन र सो प्याकेज स्वतः नवीकरण हुनेछ । विन्टर अफरअन्तर्गतका विभिन्न प्याकेज ११ माघदेखि ९० दिनसम्मका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्