Logo
Logo

जाजरकोट किशोर मृत्यु प्रकरण : तीन साथी पक्राउ


315
Shares

१४ माघ, काठमाडौं । जाजरकोटमा १५ वर्षीय किशोर खिमराज बिष्टको मृत्यु प्रकरणमा उनकै तीन जना साथी पक्राउ परेका छन् ।

The current image has no alternative text. The file name is: dead-body.jpg

जिल्ला प्रहरी कार्यालय जाजरकोटका इन्स्पेक्टर सुधीर खड्काका अनुसार १६ वर्षमुनिका तीन किशोरलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेकाहरुविरुद्ध किटानी जाहेरीसमेत दर्ता भइसकेको छ।

प्रहरीले जाजरकोट जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर कर्तव्य ज्यान कसुरमा अनुसन्धान गरिरहेको खड्काले जानकारी दिए ।

जुनीचाँदे गाउँपालिका-४ का खिमराज बिष्ट ९ माघका दिन सरस्वती पूजाको अवसरमा साथीहरूसँग गाउँकै पाथीभरा मन्दिर दर्शन गर्न भनेर घरबाट निस्किएका थिए । तर भोलिपल्ट, १० माघमा उनको शव गाउँ नजिकैको जंगलमा फेला परेको थियो।

घटनाको वास्तविक कारण र संलग्नताको विस्तृत विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्