काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको नाम दर्ता लाइसेन्स परीक्षामा ६० प्रतिशत चिकित्सक फेल भएका छन् ।

रजिष्ट्रार डा. सतिस कुमार देवका अनुसार एमबीबीएस र बीडीएसको ७४औँ लाइसेन्स परीक्षामा मात्र ३९.४५ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा मंगलबार र बुधबार कम्प्युटर विधिबाट परीक्षा सञ्चालन भएको थियो । परीक्षामा ९४३ मध्ये ३७२ जना मात्रै पास भए ।
लाइसेन्स परीक्षाका लागि एमबीबीएस र बीडीएसमा कुल ९६७ जनाले फारम भरेका थिए । उनीहरूमध्ये २४ जना अनुपस्थित थिए ।
एमबीबीएस : ७९३ जनाले फारम भरेका थिए, ७७५ सहभागी, ३०० जना (३८.७५%) मात्र उत्तीर्ण।
बीडीएस : १७४ जनाले फारम भरेका थिए, १६८ सहभागी, ७२ जना (४२.८५५%) मात्र उत्तीर्ण।
यो नतिजाले चिकित्साशास्त्र पढाउने विश्वविद्यालय र कलेजहरूको शैक्षिक गुणस्तरमाथि प्रश्न उठाएको छ तर डा. देवका अनुसार अघिल्ला परीक्षासँग तुलना गर्दा यसपटक अनुत्तीर्ण हुनेहरूको संख्या अपेक्षाकृत कम रहेको छ ।











