काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको तोलाको २० हजार ५ सयले बढेर तोलाको ३ लाख ३९ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि बुधवार सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २०५ रुपैयाँले बढेर तोलाको ७५०५ रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मको उच्च मूल्य हो । यसअघि बुधवार चाँदी तोलाको ७३०० रुपैयाँमा कारोबार भएको थियो ।











