Logo
Logo

उपत्यकामा उज्यालो नेपालको चुनावी यात्रा प्रारम्भ


252
Shares

काठमाडौँ । उज्यालो नेपाल पार्टीले काठमाडौँ उपत्यकामा आफ्नो चुनावी यात्रा औपचारिक रूपमा सुरु गरेको छ ।

The current image has no alternative text. The file name is: ujyaalo-nepal-1.jpg

पार्टीका अध्यक्ष कुलमान घिसिङसहित उपत्यकाका १५ जना उम्मेदवारले बुधबार काठमाडौँस्थित गणेश मन्दिरको दर्शन गर्दै चुनावी यात्राको शुभारम्भ गरेका हुन् ।

यात्राका क्रममा उम्मेदवारहरूले कालभैरव, इन्द्रचोक, वसन्तपुर, नरदेवीलगायत काठमाडौँका प्रमुख शक्तिपीठ तथा धार्मिक-ऐतिहासिक स्थलहरूको दर्शन गरेका छन् ।

धार्मिक सहिष्णुता, सांस्कृतिक संरक्षण र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पार्टीले जनाएको छ । अध्यक्ष घिसिङले जनताबाट प्राप्त समर्थन र हौसला उत्साहजनक रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्