Logo
Logo

रेशमको उम्मेदवारी खारेजीविरुद्धको रिट फाइल पेस गर्न सर्वोच्चको आदेश

567
Shares

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले सम्बन्धित फाइल पूर्वआदेशअनुसार पेस गर्न आदेश दिएको छ।

The current image has no alternative text. The file name is: resham.jpg

न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले कर्तव्य ज्यान मुद्दासँग जोडिएको फैसलासम्बन्धी फाइल पेस गर्न निर्देशन दिएको हो ।

यसअघि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीले दायर गरेको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्न आदेश दिएको थियो । साथै, अन्तरिम आदेशसम्बन्धी छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन निर्देशन दिइएको थियो ।

ढकालको इजलासले शारदा कडायतले चौधरीलाई दिएको आममाफीविरुद्ध दायर रिटको फाइल र निर्वाचन आयोगको निर्णयको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन पनि आदेश दिएको थियो ।

चौधरी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गरेका थिए । तर निर्वाचन आयोगले उनका उम्मेदवारी खारेज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्