
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहसँगै अछाम पुगेका चुनावी अभियान टोलीका एक सदस्य बेहोस भएका छन् ।
बालेनसँगै निर्वाचन प्रचारका लागि अछाम पुगेका नुवाकोट घर भएका ४३ वर्षीय दिनेश सिटौला आज बिहान एक्कासी बिरामी परेपछि सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो ।
अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले पत्रकार सिटौलालाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको जानकारी दिए । बालेनको चुनावी अभियान टोली आजै कर्णाली प्रदेशको दैलेख जिल्लाका विभिन्न स्थानमा सहभागी हुने कार्यातालिका छ ।











