Logo
Logo

संवाद र दबाबको दोधारमा अमेरिका-इरान सम्बन्ध


630
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नेताहरूसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संवाद भइरहेको दाबी गर्दै भविष्यमा पनि यस्तो वार्ता जारी रहने बताएका छन् ।

The current image has no alternative text. The file name is: us-iran.jpg

चिनियाँ समाचार संस्था शिन्ह्वाका अनुसार ट्रम्पले संवाद कुन स्तरमा र कससँग भएको हो भन्ने स्पष्ट विवरण नदिए पनि अमेरिकाले इरानलाई आफ्नो परमाणु कार्यक्रम तत्काल रोक्न र देशभित्र भइरहेका विरोध प्रदर्शनका क्रममा हिंसा नियन्त्रण गर्न कडा सन्देश दिएको उल्लेख गरे ।

यसै सन्दर्भमा अमेरिकाले इरानमाथि दबाब बढाउने रणनीतिअन्तर्गत ‘अब्राहम लिङ्कन’ विमानवाहक पोत समूह तैनाथ गरेको जानकारी दिँदै ट्रम्पले सैन्य उपस्थिति कूटनीतिक चेतावनीको रूपमा रहेको सङ्केत गरे । ट्रम्पले अमेरिका र इरान दुवै समयको दबाबमा रहेको उल्लेख गर्दै वार्ता सफल नहुँदा क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्न सक्ने चेतावनी दिएका छन् ।

यो घटनाक्रमले अमेरिका–इरान सम्बन्ध पुनः तनावपूर्ण मोडतर्फ उन्मुख भएको सङ्केत दिएको छ र यसले मध्यपूर्वको राजनीतिक तथा सुरक्षा सन्तुलनमा गहिरो प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्