काठमाडौ । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदैछ । उक्त निर्वाचनमा भाग लिनका लागि कति दल निर्वाचनमा आयोगमा दर्ता भएका होलान् ? धेरैलाई थाहा नहुन सक्छ । आयोगमा दल दर्ता र अध्यावधिक नगरी निर्वाचनमा भाग लिन पाइदैन ।
निर्वाचनमा आयोगका अनुसार माघ ११ गतेसम्म १३६ वटा राजनीतिक दल दर्तासँगै अध्यावधिक भएका छन् । निर्वाचनमा भाग लिनका लागि दल दर्तासँगै अध्यावधिक हुने पहिलो दल नेपाल मजदुर किसान पार्टी (नेपकिपा) रहेको छ । जसका अध्यक्ष हुन् नारायणमान बिजुक्छे । पार्टीको चुनाव चिन्ह मादल रहेको छ ।

दल दर्तासँगै अध्यावधिक गराउनेको दोस्रो नम्बरमा चन्द्रप्रकाश मैनालको चुनाव चिन्ह हँसिया र तारा भएको नेपाल कम्युनिष्ट पार्टी (माकर््सवादी–लेनिनवादी) रहेको छ । तेस्रो नम्बरमा लालबहादुर राना मगरको भेडा चिन्ह भएको गान्धीवादी पार्टी नेपाल रहेको छ । चौँथोमा नागरिक शक्ति नेपालको त्रिशुल चिन्ह रहेको पार्टी रहेको छ । यस पार्टीका अध्यक्ष देवप्रकाश त्रिपाठी रहेका छन् ।
पाँचौँमा युनाइटेड नेपाल डेमोक्रेटिक पार्टी नेपाल रहेको छ । चुनाव चिन्ह पुरुष रहेको यस पार्टीका अध्यक्ष लायन श्री मुस्कान पौडेल रहेका छन् । छैँटौमा भलिबल चुनाव चिन्ह रहेको अध्यक्ष भुमिराज निरौलाको चुरेभावर लोकतान्त्रिक पार्टी रहेको छ ।
सातौमा डा. जयवन्त विक्रम शाहको राष्ट्रिय मुक्ति आन्दोलन नेपालको चुनाव चिन्ह षट्कोण छ । आठौँमा राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल रहेको छ । यस पार्टीका अध्यक्ष विष्णु बहादुर कार्कीको मोटरसाइकल रहेको छ । नवौँमा सुगा चुनाव चिन्ह रहेको अध्यक्ष मोतीलाल भारती नेपाल समावेशी पार्टी रहेको छ ।
दशौँमा चुनाव चिन्ह नभएको राष्ट्रिय एकता पार्टी प्रजातन्त्रवादी रहेको छ । यसका अध्यक्ष शरतचन्द्र दाहाल रहेका छन् । एघारौँमा हिमाल चुनाव चिन्ह नेपाली ग्रिन्स पार्टी रहेको छ । यसका सभापति बाबुकाजी श्रेष्ठ रहेका छन् । बाह्रौँमा नेपाल जनता पार्टी रहेको छ भने अध्यक्ष त्रिभुवननाथ पाठक रहेको यस पार्टीको चुनाव चिन्ह कमलको फूल रहेको छ ।
१३ औँमा हलो चुनाव चिन्ह रहेको अध्यक्ष राजेन्द्र लिङ्देनको राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ । चौँधौमा नेपाल परिवार दल रहेको छ । अध्यक्ष एकनाथ ढकाल रहेको यस पार्टीको चुनाव चिन्ह साँचो रहेको छ । पन्ध्रौमा चुनाव चिन्ह बाल्टिन रहेको अध्यक्ष अमर प्रसाद यादवको मधेश तराइ फोरम रहेको छ ।
१६ औँमा नेपाल नौँलो जनवादी पार्टी रहेको छ । अध्यक्ष गंगालाल श्रेष्ठ रहेको उक्त पार्टीको चुनाव चिन्ह चुच्चोमा चिठी बोकिरहेको परेवा रहेको छ । १७ औँ नम्बरमा अध्यक्ष भक्तबहादुर लामाको चुनाव चिन्ह धरहरा रहेको जनसेवा लोकतान्त्रिक पार्टी रहेको छ ।
१८ औँमा अध्यक्ष अम्बिकाप्रसाद थैवको कोदालो चुनाव चिन्ह रहेको नेपाल कम्युनिष्ट पार्टी (मार्कसवादी) रहेको छ । १९ औँमा नेपाल कम्युनिष्ट पार्टी रहेको छ । यस पार्टीको चुनाव चिन्ह घन कोदालो र पार्टी अध्यक्ष लोकनारायण सुवेदी रहेका छन् ।
२० औँ मधेसी जनअधिकार फोरम मधेस पार्टी रहेको छ । चर्खा चुनाव चिन्ह रहेको उक्त पार्टीको प्रमुख पदाधिकारीमा भाग्यनाथ प्रसाद महत रहेका छन् । २१ औँमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्कसवादी लेनिनवादी) एमाले रहेको छ । अध्यक्ष केपी शर्मा ओली रहेको यस पार्टीको चुनाव चिन्ह सूर्य रहेको छ ।
२२ औँमा कुमार लिङदेनको दापसहितको खुकुरी चिन्ह रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च छ । २३ औँमा रुख चिन्ह भएको हालै नेपाली कांग्रेसमा नवनियुक्त गगनकुमार थापाको पार्टी रहेको छ । २४ औँमा गिलास चुनाव चिन्ह भएको चित्रबहादुर केसी राष्ट्रिय जनमोर्चा रहेको छ ।
२५ औँमा डमरु चुनाव चिन्ह रहेको शिव सेना नेपाल रहेको छ । यस पार्टीका अध्यक्ष अनिल बस्नेत हुन् । २६ औँमा जग चुनाव चिन्ह रहेको विश्वेन्द्र पाश्वनको बहुजन शक्ति पार्टी छ । २७ औैँमा इनार चुनाव चिन्ह रहेको मेघबहादुर कामीको नेपाल मानवतावादी पार्टी रहेको छ । २८ औँमा हथौँडा चुनाव चिन्ह भएको रामकुमार राईको खम्बुवान राष्ट्रिय मोर्चा नेपाल रहेको छ ।
२९ औँमा गाग्री चुनाव चिन्ह भएको अध्यक्ष रुक्मिणी चौधरीको संघीय नेपाल पार्टी रहेको छ । ३० औँमा भुइँकटहर चुनाव चिन्ह भएको गोविन्द प्रसाद निरौलाको नेपाल समाजवादी कांग्रेस रहेको छ । ३१ औँमा डोको चुनाव चिन्ह भएको हुकुमबहादुर लामाको नेपाल जनता संरक्षण पार्टी छ । ३२ औँमा हाँस चुनाव चिन्ह रहेको पुजन महराको बहुजन समाज पार्टी नेपाल रहेको छ ।
३३ औँ पानी खोलेको धारा चुनाव चिन्ह रहेको अध्यक्ष मिननाथ देवकोटाको जन राष्ट्रवादी पार्टी नेपाल रहेको छ । ३४ औँमा सुकुन्दा चुनाव चिन्ह रहेको अध्यक्ष मनोजकुमार खड्काको समाजवादी पार्टी नेपाल छ । ३५ औँमा हरिचरण साहको सिट्टी चुनाव चिन्ह भएको नेपाली जनता दल छ । ३६ औँमा परेवा चुनाव चिन्ह भएको अध्यक्ष उमा श्रेष्ठको राष्ट्रवादी एकता पार्टी छ ।
४३ औँमा हात्ती चुनाव चिन्ह भएको निलु कुमारीको राष्ट्रिय विकास पार्टी रहेको छ । ४६ औँमा टर्चलाइट रहेको अध्यक्ष डा. विष्णुप्रसाद खनालको जनजागरण पार्टी नेपाल रहेको छ । ४८ औँमा कछुवा चुनाव चिन्ह भएको अध्यक्ष प्रितम मुखियाको विकासशील जनता पार्टी रहेको छ ।
५६ औँमा प्रेम चुनाव चिन्ह रहेको भरत गिरीको आमूल परिवर्तन रिपब्लिकन पार्टी नेपाल छ । ६० औँमा पृथ्वी चुनाव चिन्ह भएको अध्यक्ष रुद्रजंग पुलामीको राष्ट्रिय समाजवादी पार्टी नेपाल रहेको छ । ६२ औँमा मान्छेले काँधमा ढुंगा बोकिरहेको चुनाव चिन्ह भएको अध्यक्ष कृष्णकुमार राईको नेपाली जनश्रमदान संस्कृति पार्टी रहेको छ ।
७३ औँमा हलो जोतिरहेको किसान चुनाव चिन्ह महासचिव रामनारायण प्रसाद पालको माओवादी कम्युनिष्ट पार्टी नेपाल छ । ७८ मा फणा उठाएको नाग (सर्प) चुनाव चिन्ह भएको अध्यक्ष सन्ध्या तिवारीको जनताको जनवादी पार्टी नेपाल रहेको छ । ९७ औँ मा सभापति रवि लामिछानेको घण्टी चुनाव चिन्ह रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको छ । ११० औँ नम्बरमा अंजुलीमा माटो रहेको हर्कराज राईको पार्टी श्रम संस्कृति पार्टी रहेको छ । हर्क सुनसरी १ बाट चुनावी मैदानमा छन् । १२० औँ मा बलिरहेको बिजुलीको चिम रहेको अध्यक्ष अनुपकुमार उपाध्यायको उज्यालो नेपाल पार्टी रहेको छ । यस पार्टीबाट कुलमान घिसिङ काठमाडौं क्षेत्र नम्बर ३ मा चुनावी मैदानमा छन् ।
१३१ औँमा खरायो चुनाव चिन्ह रहेको सभापति माधवप्रसाद खतिवडाको नागरिक बचाउ दल नेपाल रहेको छ । १३२ मा सेतो र कालो रंगको चुनाव चिन्ह जुत्ता रहेको अध्यक्ष प्रकाश खड्काको नेपाल जनसेवा पार्टी रहेको छ । १३६ औँमा डुंगा चुनाव चिन्ह रहेको संयोजक शरद सिंह यादवको जन अधिकार पार्टी रहेको छ ।
अहिले यी दर्ता भएका दलका उम्मेदवारहरु आफ्नो चुनाव चिन्ह लिएर गाउँ गाउँ पुगेर जनतासमक्ष भोट मागिरहेका छन् ।
यी हुन् दल दर्ता भएर चुनावमा भाग लिने पार्टीहरुः











