Logo
Logo

आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने


252
Shares

काठमाडौँ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् आइसिसीको एसिया क्षेत्र २०२६ को सम्मेलन नेपालमा आयोजना हुने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

The current image has no alternative text. The file name is: icc-asia.jpg

आगामी वैशाख ३ र ४ गते काठमाडौँमा आइसिसी २०२६ को एसिया क्षेत्रीय सम्मेलन नेपालमा हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । सम्मेलनमा एसिया क्षेत्रमा क्रिकेटको विकासका लागि रणनीतिक प्राथमिकता, विकास कार्यक्रम, शासनसम्बन्धी विषय र भावी दिशाबारे छलफल हुने क्यानले जनाएको छ ।

सम्मेलनमा आइसिसी एसियाका सदस्य राष्ट्रहरूका प्रमुख पदाधिकारी, प्रशासक र प्रतिनिधिहरूको सहभागिता रहने छ ।

प्रतिक्रिया दिनुहोस्