काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ट नेता बालेन्द्र शाह (बालेन)को काठमाडौंस्थित घरको गेट तोडफोड भएको छ ।

शुक्रवार राति अज्ञात समूहले घरको गेटको ग्रिल फुटाएका हुन् । चोरले गेट फुटाएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । चोरीको आशङ्कामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।











