Logo
Logo

अन्तर्राष्ट्रिय बजारमा सस्तिएको अमेरिकी डलर किन महगिँदैछ नेपालमा ?


315
Shares

काठमाडौं । नेपाली रुपैयाँको तुलनामा महँगो भएर दिनदिनै नयाँ कीर्तिमान बनाइरहेको अमेरिकी डलर अन्तर्राष्ट्रिय बजारमा भने चार वर्षयताकै सबैभन्दा कमजोर स्थितिमा पुगेको छ । यसरी दयनीय अवस्थामा पुगेको अमेरिकी डलरको प्रमुख मुद्राको हैसियत नै गुम्ने संशय पैदा भएको छ ।

नेपालमा किन आकाशिदैछ डलरको भाउ ?

नेपालमा अमेरिकी डलरको भाउ बढ्नुको खास कारण अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुनु हो । यतिबेला अमेरिकी ट्यारिफ वारले ट्रम्प९मोदी सम्बन्ध जटिल मोडमा पुगेको छ र त्यसले अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ इतिहासमै सबैभन्दा कमजोर स्थितिमा पुर्‍याएको छ । 

नेपाली मुद्राको विनिमय दर अमेरिकी डलरसँग सिधै नभएर भारतीय रूपैयाँसँग विनिमय भएपछि मात्रै कायम हुन्छ । नेपाल स्वतन्त्र राष्ट्र भए पनि बैङ्किङ कारोबारका हिसाबले अझै पनि स्वतन्त्र हुन सकेको छैन, भारतीय छातामै रहेको छ । यसो हुँदा कहिले फाइदा हुन्छ, कहिले नोक्सान । भारतीय रुपैयाँ बलियो हुँदा नेपाली रुपैयाँ पनि स्वतस् बलियो हुन्छ । तर, यतिबेला अमेरिका र भारतबीच ट्रयारिफ युद्ध जारी छ र त्यसको प्रत्यक्ष प्रभाव भारतीय रुपैयाँ र अमेरिकी डलरको विनिमय दरमा परेको छ ।

किन सस्तिँदै छ अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ ?

अमेरिकी डलर कमजोर हुनुको मुख्य कारण अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सुरु गरेको ‘ट्यारिफ वार’ अर्थात् भन्सार युद्ध हो । लगभग सबै देशसँग जारी यो भन्सार युद्धका कारण पछिल्लो एक सातामा भन्सार युद्धले अन्तर्राष्ट्रिय मुद्रा बजारमा अमेरिकी डलर करिब ३ प्रतिशतले घटेको छ । यो घट्दो दर युरो र बेलायती पाउन्डभन्दा पनि न्यूनस्तरको हो ।  

अमेरिकी फेडरल रिजर्भ बैंकका गभर्नर जेरेमी पावेलको कार्यकाल मे महिनामा सकिदैछ । उनको ठाउँमा राष्ट्रपति ट्रम्पले आफ्ना खासमान्छे केभिन वार्शको मनोनयन गरेका छन् । यी दक्षिणपन्थी अर्थविदले ब्याजदर घटाउने निश्चित छ । त्यही भएर जापानले बेलैमा आफ्नो सञ्चित डलर बेच्ने घोषणा गरेको छ । पछिल्ला यी दुई कदमले अमेरिकी डलरको अवमूलयनमा जान लागेको थप पहिरो रोकिएको छ । तर, अन्तर्राष्ट्रिय मुद्रा शास्त्रीहरू यो रोकथाम अस्थायी भएको र केही समयपछि नै अमेरिकी डलर अरू बढी अवमूल्यन हुने प्रक्षेपण गरिरहेका छन् ।

डलरको भाउ बढ्दा नेपालमा के हुन्छ ?

अमेरिकी डलरको भाउ बढ्दा नेपालमा मिश्रित परिणाम देखिन्छ । एकातिर नेपालले तिर्ने अन्तर्राष्ट्रिय ऋणको साँवा र ब्याजको राशी ठाडै उकालो लाग्छ भने अर्कोतिर रेमिट्यान्सको राशी चुलिदा नेपाल राष्ट्र बैंकमा डलर सञ्चिति पनि ह्वात्तै बढ्छ । डलर बढ्दा आयातमा निर्भर बजार मंहगो मात्र हुँदैन, बढ्दो व्यापार घाटाले देश थला पर्ने दिशातिर अगाडि पनि बढ्छ ।  

कहिले रोकिन्छ डलरको भाउ बढ्ने क्रम ?

अब कहिले रोकिएला त नेपाली रुपैयाँको तुलनामा डलरको भाउ बढ्ने क्रम रु यसका लागि नेपालले भारतको मुख नहेरी सुखै छैन । जबसम्म मोदी र ट्रम्पबीचको सम्बन्ध हार्दिक हुँदेन तबसम्म यो स्थितिमा नाटकीय परिवर्तन आउने देखिँदैन । 
पछिल्लो समय मोदीले अमेरिकालाई छोडेर युरोप, अफ्रिका र चीनसँग मित्रताको हात बढाइरहेका छन् । अमेरिकालाई काउण्टर दिने रणनीतिअनुसार अगाडि बढाइएको यो चालले अमेरिकी राष्ट्रपति ट्रम्पलाई अरू रूष्ट बनाएको छ । यसले ट्रम्प९मोदी सम्बन्ध छिट्टै संग्लिएर डलरको भाउ सम्हालिने टर्दै छ । 

तर, यसको अर्को पाटो पनि छ । ट्रम्प-मोदी सम्बन्ध जटिल मोडमा पुगेर मोदीले अमेरिकी डलरसँगको परिवर्त्यदरलाई सम्बोधन गरेर भारतीय रुपैयाँको अवमूल्यन गरेर डलरलाई काउन्टर दिन सक्छन् । त्यस्तो अवस्थामा भारतीय बजारसँगै नेपाली बजारमा पनि स्वतस् डलर सस्तो हुन्छ ।  

प्रतिक्रिया दिनुहोस्