Logo
Logo

सबैले पार्टी रोजे, मैले जनता : मेयर हमाल


315
Shares

कैलाली । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले अरूले पार्टी रोज्दा आफूले भने जनता रोजेको बताएका छन् । मेयर हमालले सामाजिक सञ्जालमार्फत एउटा तस्बिर सेअर गर्दै लेखेका छन्,  ‘सबैले पार्टी रोजे, मैले जनता रोजेँ ।’ 

The current image has no alternative text. The file name is: gopi-hamal.jpg

२०७९ को वैशाखमा भएको स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर धनगढीको मेयर भएका हमाल अहिलेसम्म कुनै पनि पार्टीमा आबद्ध छैनन् ।

उनीसँगै स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौंका मेयर बनेका बालेन शाह रास्वपा प्रवेश गर्दै प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् ।

स्वतन्त्र उम्मेदवार भएर धरान उपमहानगरपालिकाको मेयर जितेका हर्क साम्पाङले श्रम संस्कृति पार्टी गठन गर्दै सुनसरी-१ बाट उम्मेदवारी दिएका छन् । दुवै जनाले मेयरबाट राजीनामा दिएर प्रतिनिधि सभाको चुनावमा होमिएका बेला हमाल भने उपमहानगरपालिकाकै काममा व्यस्त छन् । स्थानीय चुनावमा नेपाली कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै हमाल मेयरमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्