काठमाडौं । टोखामा १९ लाख ५० हजार रुपैयाँ बराबरको गरगहना नगद चोरी भएको छ ।

टोखा नगरपालिका ३ बस्ने तिल सरा पूर्जाको घरबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब १९ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको हो ।
घरमा कोही नभएको मौकामा ताच्ला फोडेर उक्त धनमाल चोरी भएको प्रहरीले बताएको छ ।











