Logo
Logo

राष्ट्रिय लिग फुटबलमा आजका दुई खेल गोलरहित बराबरीमा


315
Shares

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा आज भएको दुईवटा खेल गोलरहित बराबरीमा सकिएका छन् ।

The current image has no alternative text. The file name is: anfa.jpg

दशरथ रंगशालामा लालिगुँरास एशोसियसन र मच्छिन्द्र फुटबल क्लबबीचको खेल ०-० गोलको बराबरीमा सकिएको छ । त्यसैगरी, एन्फा कम्प्लेक्समा सातदोबाटो युथ क्लब र चित्लाङ फुटबल क्लबबीचको खेल पनि गोलरहित बराबरीमा टुंगिएको छ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाको आयोजना रहेको राष्ट्रिय लिगमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरी कुल १७ टोली सहभागी छन् । लिग सिङ्गल राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुने भएकोले कूल १३६ खेल खेलिने तय गरिएको छ ।

राष्ट्रिय लिगका खेलहरू दशरथ रंगशाला, च्यासल रंगशाला र एन्फा कम्प्लेक्समा हुँदै आएका छन् । लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

प्रतिक्रिया दिनुहोस्