Logo
Logo

नेकपाले यो वर्ष चियापान नगर्ने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ कात्तिक ।
दसैँ, तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ल आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।


नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले मंगलबार विज्ञप्ति जारी गरी कोभिड– १९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन गरिएको जानकारी दिएका हुन् ।
विज्ञप्तिमा तीनै पर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको छ । यसअघि नेपाली कांग्रेसले पनि कोरोना महामारी फैलिएका कारण कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यस वर्ष स्थगित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्