Logo
Logo

राष्ट्रिय लिग: जावलाखेलको दोस्रो जीत, एपीएफको लगातार चार जितपछि पहिलो बराबरी


441
Shares

काठमाडौँ । राष्ट्रिय लिग फुटबलमा जावलाखेल युथ क्लबले नव जन जागृति युवा क्लबलाई ४-० गोलले हराउँदै दोस्रो जीत हासिल गरेको छ ।

The current image has no alternative text. The file name is: rastriya-league.jpg

आज दशरथ रंगशालामा भएको पहिलो खेलमा जावलाखेलका हरिश भट्ट, युवराज ढकाल, धर्बेन्द्र कुँवर र बोउबाखर सिसिले गोल गरे। प्रतियोगितामा जावलाखेलको यो दोस्रो जीत हो । ५ खेलमा ६ अंक जोडेको जावलाखेल तालिकाको आठौँ स्थानमा छ । लगातार पाँच खेल हारेको नव जन जागृति भने तालिकाको पुछारमा छ ।

यस्तै, ललितपुरको एन्फा कम्प्लेक्स मैदानमा नेपाल एपीएफ क्लब र न्युरोड टिम एनआरटीबीचको खेल गोलरहित बराबरीमा सकियो। लगातार चार खेल जितेको एपीएफका लागि यो पहिलो बराबरी हो। एपीएफ ५ खेलमा १३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने एनआरटी ६ खेलमा १३ अंकसहित तेस्रो स्थानमा छ ।

आजको तेस्रो खेल दशरथ रंगशालामा बेलुकी साढे ६ बजे मनाङ मर्स्याङ्दी र सङ्कटा एफसीबीच हुने छ ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाको आयोजनामा भएको राष्ट्रिय लिगमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरी कुल १७ टोली सहभागी छन् । लिग सिङ्गल राउन्ड रोबिन आधारमा सञ्चालन हुनेछ र कुल १३६ खेल हुनेछन् । लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्