Logo
Logo

साफ यू-१९ महिला च्याम्पियनसिप : उपाधिका लागि बङ्गलादेश र भारत भिड्दै 


252
Shares

काठमाडौं । पोखरामा जारी साफ यू-१९ महिला च्याम्पियनसिपको उपाधिका लागि बङ्गलादेश र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । 

बुधवार पोखरा रङ्गशालास्थित अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा भएको खेलमा भुटानलाई पराजित गर्दै भारत र नेपाललाई पराजित गर्दै बङ्गलादेश यू-१९ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

बुधवारको पहिलो खेलमा भारतले भुटानलाई ८-० को फराकिलो अन्तरले पराजित गरेको थियो । भारतकी पर्ल फर्नान्डेजले खेलमा ह्याट्रिक गर्न सफल भइन् । उनले खेलको छैटौँ, ३९औँ र ४१औँ मिनेटमा गोल गरेकी थिइन् । त्यसैगरी प्रतिका बर्मनले २५औँ र ९०औँ मिनेटमा गोल गरिन् । एलिशा लिङदोज, एविस्था र दिव्यानी लिन्डाले समान एक/एक गोल गरेका छन् ।

त्यस्तै बुधवार नै भएको लिग चरणको अर्को खेलमा बङ्गलादेशसँग ४-० गोल अन्तरले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरियो ।

बङ्गलादेश प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेको हो भने भारत ३ खेलमा २ जित र एक हारसहित फाइनलमा पुगेको हो । अब बङ्गलादेश र भारतबीचको फाइनल खेल आगामी शनिवार हुने छ ।

प्रतिक्रिया दिनुहोस्