Logo
Logo

टी-२० विश्वकप वार्मअप : क्यानडाविरुद्ध नेपालले बलिङ गर्ने, रोहित बेन्चमा


504
Shares

काठमाडौं । आईसीसी टी-२० विश्वकप अघि दोश्रो वार्मअप खेलमा नेपालले क्यानडाविरुद्ध टस हारेर पहिला बलिङ गर्ने भएको छ ।

बिहीबार चेन्नईको एमए चिदाबरम स्टेडियममा नेपालले टस हारेर बलिङ गर्ने भएको हो । नेपालका कप्तानी दीपेन्द्र सिंह ऐरिले गर्दै छन् भने कप्तान रोहित विश्वकप तयारीकफ बारेमा बोल्न आईसीसीको प्रेस कन्फरेन्समा उपस्थित हुने छन् ।

नेपालले यसअघि पहिलो वार्मअप खेलमा युएईलाई ७ विकेटले हराएको थियो । नेपालले आउँदो आइतबार इंग्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्