Logo
Logo

सेयर बजारमा १०.२५ अङ्कको गिरावट


189
Shares

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २५ अङ्कले घटेर दुई हजार ६९८ दशमलव ४४ को बिन्दुमा कायम भएको छ ।

The current image has no alternative text. The file name is: share-market-dhitopatra-dalal.jpg

आज ३३० कम्पनीको दुई करोड ६२ लाख ३६ हजार २०४ कित्ता शेयर एक लाख ११ हजार ९७८ पटक खरिदबिक्री हुँदा रू ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार १४३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज लगानी समूह शून्य दशमलव ०८ र अन्य समूह शून्य दशमलव ४६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव १४, विकास बैंक शून्य दशमलव ९२, वित्त शून्य दशमलव ०१, होटल तथा पर्यटन दुई दशमलव १३, जलविद्युत् शून्य दशमलव ३१, जीवन बीमा शून्य दशमलव ७१ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव १५ प्रतिशतले घटेको छ । त्यस्तै, लघुवित्त शून्य दशमलव २१, म्युचुअल फन्ड शून्य दशमलव ६१, निर्जीवन बीमा शून्य दशमलव ३२, र व्यापार एक दशमलव ३० प्रतिशतले घटेको छ ।

सुपर माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्य आठ दशमलव ९१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सुपर मार्दी हाइड्रोपावर लिमिटेडको रू ५६ करोड तीन लाख ४८ हजार १५५ बराबरको खरिदबिक्री भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने रिडि पावर कम्पनी लिमिटेडको १६ लाख ५८ हजार ७२५ बराबरको किनबेच भएको छ ।

(((

प्रतिक्रिया दिनुहोस्