Logo
Logo

२५ सय संक्रमित थपिए, २२ सय निको भए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ कात्तिक ।
शनिबार २ हजार ५ सय ८ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा दुई हजार दुई सय ६४ जना थपिएका छन् । त्यस्तै थप १७ जनाले ज्यान गुमाएका छन् ।


९ हजार २ सय ७९ जनामा गरिएको परीक्षणमा २५ सय जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा कुल संक्रमितको संख्या एक लाख ७० हजार ७ सय ३२ पुगेको छ । जसमध्ये एक लाख ३१ ह्जार २ सय २२ जना निको भएका छन् । ३८ हजार पाँच सय ८४ उपचारकै क्रममा छन् भने ९ सय ३७ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्