Logo
Logo

टी–२० विश्वकप: दक्षिण अफ्रिकाद्वारा अफगानिस्तान दोस्रो सुपर ओभरमा पराजित


567
Shares

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई रोमाञ्चक खेलमा दोस्रो सुपर ओभरसम्म धकेल्दै पराजित गरेको छ ।

The current image has no alternative text. The file name is: t20-1.jpg

दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले दिएको २४ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २ विकेट गुमाएर १९ रन मात्रै बनाउन सक्यो । पहिलो सुपर ओभरमा अफगानिस्तानले बनाएको १८ रनको जवाफमा दक्षिण अफ्रिकाले १ विकेट गुमाएर १७ रन बनाएपछि खेल दोस्रो सुपर ओभरमा पुगेको थियो ।

यसअघि, १ सय ८८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले १९ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ८७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । अफगानिस्तानका रहमनुल्लाह गुरबाजले उत्कृष्ट ८४ रन बनाए भने दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले ३ विकेट लिए ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको थियो । रायन रिकेल्टनले ६१ र क्विन्टन डी ककले ५९ रनको योगदान दिए । अफगानिस्तानका अजमतुल्लाह ओमरजाईले ३ विकेट लिए ।

लगातार दोस्रो जितसँगै दक्षिण अफ्रिकाले समूह ‘डी’ मा २ खेलबाट ४ अंक जोडेको छ । अफगानिस्तानको भने यो लगातार दोस्रो हार हो ।

प्रतिक्रिया दिनुहोस्