Logo
Logo

टी-२० विश्वकपमा आज तीन खेल हुँदै


189
Shares

काठमाडौं । जारी टी-२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदै  छन् । 

The current image has no alternative text. The file name is: CWC1770308805.jpg

आज पहिलो खेल समूह बी अन्तर्गत अस्ट्रेलिया र जिम्बाबेबीच खेल हुँदै छ । श्रीलङ्काको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि सुरु हुँदै छ ।

जारी विश्वकपमा अस्ट्रेलिया र जिम्बाबे दुवैले आफ्नो पहिलो खेल जितेका छन् । सुपर आठको दौडमा दुवैका लागि यो खेलमा जित महत्त्वपूर्ण रहेको छ ।

त्यस्तै आज दोस्रो खेल समूह डी अन्तर्गत क्यानडा र युएईबीच हुँदै छ । भारतको दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि सुरु हुँदै  छ । जारी विश्वकपमा युएई र क्यानडा दुवैले आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् ।

त्यसैगरी आज तेस्रो खेल समूह ए अन्तर्गतको नेदरल्याण्डस र अमेरिकाबीच हुँदै छ । भारतको चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि सुरु हुँदै  छ । जारी विश्वकपमा नेदरल्याण्डसले २ खेलमा २ अङ्क हासिल गरेको छ भने अमेरिकाले दुवै खेलमा हार बेहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्