काठमाडौं । नेपाल महिला क्रिकेट एशिया कप राइजिंग स्टार्स प्रतियोगितामा पाकिस्तान ए सँग पराजित भएको छ ।

शुक्रवार सम्पन्न खेलमा नेपाल पाकिस्तान ए सँग ३० रनले पराजित भएको हो । पाकिस्तान ए ले दिएको १३८ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १०७ रन बनाएको थियो ।
नेपालका लागि बिन्दु रावलले सर्वाधिक ३९ रन बनाएकी थिइन् भने कविता कुँवरले १८ रन बनाएकी थिइन् । यस अघि पहिला ब्याटिङ गरेको पाकिस्तान ए ले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनाएको थियो ।
नेपालले अब दोस्रो खेल फेब्रुअरी १५ मा युएईसँग र फेब्रुअरी १७ मा भारत ए सँग खेल्ने तालिका रहेको छ ।












