Logo
Logo

टी-२० विश्वकपमा आज तीन खेल हुँदै


378
Shares

काठमाडौं । जारी टी-२० विश्वकपमा आज तीन खेल हुँदै छन् । आज पहिलो खेल समूह बी अन्तर्गत आयरल्याण्ड र ओमानबीच हुँदै छ । श्रीलङ्काको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि सुरु हुँदै छ । जारी विश्वकपमा आयरल्याण्ड र ओमान दुवैले आफ्ना सुरुका २-२ खेलमा हार बेहोरेका छन् ।

The current image has no alternative text. The file name is: CWC1770308805.jpg

त्यस्तै आजको दोस्रो खेलमा समूह सी का इङल्याण्ड र स्कटल्याण्ड खेल्दैछन् । भारतको कोलकोतास्थित इडेन गार्डेनमा हुने यो खेल दिउसो ३:१५ बजेदेखि सुरु हुँदै छ । जारी विश्वकपमा इङल्याण्ड र स्कटल्याण्ड दुवैले २-२ खेलमा १-१ खेल जितेका छन् भने १-१ खेलमा हार बेहोरेका छन् ।

त्यसैगरी आज तेस्रो खेल समूह डी का न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच हुदैछ । भारतको अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि सुरु हुँदै छ । जारी विश्वकपमा न्यूजील्याण्ड र दक्षिण अफ्रिका दुवैले यसअघि खेलेका २-२ खेलनै जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्