Logo
Logo

यस्तो छ नेपाल र वेस्ट इण्डिजको प्लेइङ ११


441
Shares

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपाल र वेस्ट इण्डिज आमने सामने हुदैछन् । 

समूह सी अन्तर्गतको भारतको वानखेडे स्टेडियममा हुने यस खेलमा वेस्ट इन्डिजले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ ।

योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ । नेपालले यसअघिका आफ्ना दुवै खेल जितेकाले यो खेलमा जित महत्त्वपूर्ण रहेको छ । त्यस्तै वेस्ट इण्डिजले यसअघिका आफ्ना दुवै खेल जितेर विश्वकपमा शानदार सुरुवात गरेको छ ।

नेपालले सन् २०१४ को टी-२० विश्वकपमा हङकङ र अफगानिस्तानलाई पराजित गर्दै दुई जित निकालेको थियो । त्यसयता विश्वकपमा नेपालले जित हासिल गर्न सकेको छैन र नेपाले यस विश्वकपमा पहिलो जितको खोजीमा रहेको छ । 

गत फेब्रुअरी ८ मा इङल्याण्डविरुद्ध शानदार प्रदर्शन गरेको नेपालले इटालीविरुद्ध खराब प्रदर्शन गरेपछि दबाबमा रहेको छ । 

नेपालको प्लेइङ- ११ मा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, आरिफ सेख, लोकेश बम, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, नन्दन यादव र करण केसी ।

वेस्ट इण्डिजको प्लेइङ ११ मा शाइ होप (कप्तान), ब्राण्डन किङ, शिमरोन हिटमायर, रोस्टन चेज, शेरफान रुथरफोर्ड, रोभमन पावेल, जासन होल्डर, माथ्यु फोर्ड, अकील हुसैन, गुडाकेश मोती र शामर जोसेप ।

प्रतिक्रिया दिनुहोस्