Logo
Logo

एसिया कप राइजिङ स्टार्स : सेमिफाइनल दौडबाट १ खेलअगावै बाहिरियो नेपाल


252
Shares

काठमाडौं । सम्झना खड्का र पूजा महतोको अर्धशतकका बाबजुद नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले महिला एसिया कप राइजिङ स्टार्स २०२६ मा लगातार दोस्रो हार व्यहोरेको छ ।

नेपालको महिला टोली आइतबार भएको खेलमा संयुक्त अरब एमिरेन्ट्स (यूएई) सँग १८ रनले पराजित भएको हो । शुक्रबार भएको पहिलो खेलमा नेपाली टोली पाकिस्तानको ए टोलीसँग ३० रनले पराजित भएको हो ।

लगातार दुई खेलमा हार भोगेपछि नेपाली टोली सेमिफाइनल दौडबाट बाहिरिएको छ । समूह एमा रहेको नेपाल अङ्क तालिकाको पुछारमा छ ।

लगातार २ खेलमा जित निकालेको यूएई भने ४ अङ्कमा तालिकाको शीर्ष स्थानमा छ । एक खेलबाट २ अङ्क भएको पाकिस्तान ए टोली दोस्रो र अङ्क विहीन भारतीय ए टोली तेस्रो स्थानमा छ ।

युएईले दिएको १ सय ९० रनको विशाल लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि ओपनर सम्झना खड्का र कप्तान पुजा महतोले अर्धशक पूरा गरेपनि टोलीको हार टार्न भने सकेनन् । ओपनर सम्झनाले ३९ बलमा ११ चौका सहयोगमा ५८ रन बनाउँदा हिना होटचन्दनीको बलमा रिनिथा रजिथको हातबाट क्याच आउट हुन पुगिन् । 

कप्तान पुजा महतो ३५ बलमा ८ चौका र १ छक्का सहयोगमा ५३ रन बनाउँदा हिना कै बलमा विकेटकिपरको हातबाट क्याच आउट हुन पुगिन् । ओपनर बिन्दु रावल १८ बलमा ३ चौका मद्धतमा १६ रन बनाउँदा इन्दुजा नन्दाकुमारको बलमा क्याच आउट भइन् ।  सीता रानामगर २२ र रोमा थापा ९ रनमा अविजित रहिन् । कविता कुवँर ७ र रुवि पोडार ४ रनमा पेभेलियन फर्के ।

त्यसअघि थाइल्यान्डको बैककस्थित टे«डथाइ क्रिकेट मैदानमा नेपाली टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८९ रनको विशाल योगफल तयार पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्