Logo
Logo

टी-२० विश्वकप : समूह चरणबाटै बाहिरियो नेपाल


693
Shares


काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । भारतको वानखेडे रंगशालामा भएको खेलमा नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।

वेस्ट इन्डिजका लागि कप्तान शाई होपले ४४ बल खेल्दै ५ चौका र ३ छक्का मदतमा अविजित ६१ रन बनाए । शिमरोन हेतमायरले ४३२ बल मा ४ चौका र २ छक्का मदतमा अविजित ४६ रन बनाए । दोस्रो विकेटका लागि होप र हेतमायरले अविजित ९१ रनको साझेदारी गरे ।

पहिलो विकेटका लागि कप्तान शाई होप र ब्राण्ड किङले ४३ रनको साझेदारी गरेका थिए । ब्राण्डन किंङले १७ बलमा २२ रन बनाए । नेपालका लागि बलिङमा नन्दन यादवले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १३३ रन बनाएको थियो ।

नेपालले ब्याटिङमा कमजोर सुरुवात गरेपनि उपकप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतकमा हेर्न लायक स्कोर बनाएको थियो ।
नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले ४७ बल खेल्दै ३ चौका र ३ छक्का मदतमा सर्वाधिक ५८ रन बनाए ।

दीपेन्द्रले १९औं ओभरको चौथो बलमा शामर जोसेफलाई छक्का प्रहार गर्दै ४४ बलमा अर्धशतक पूरा गरेका थिए । यस क्रममा उनले ३ चौका र २ छक्का हाने । दीपेन्द्र टी२० विश्वकपमा नेपालका लागि अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि सन् २०१४ को मा नेपालले टी२० विश्वकपमा सुबास खकुरेलले अफगानिस्तान विरुद्ध अर्धशतक प्रहार गरेका थिए ।

यस विश्वकपमा पहिलो खेल खेलिरहेका सोमपाल कामीले अविजित २६ रन बनाए । उनले १५ बल खेल्दै ४ चौका समेत प्रहार गरे । सातै विकेटका लागि दीपेन्द्र र सोमपालले ५४ रनको साझेदारी गरे । यो नै नेपाली इनिङ्सको उच्च साझेदारी हो । यस्तै छैटौं विकेटका लागि दीपेन्द्रले गुल्सन झासँग २७ रनको साझेदारी गरे । यही दुई साझेदारीले नेपालको स्कोर हेर्नलायक बनेको थियो ।

यस बाहेक लोकेश बमले १५ बलमा १३ र ओपनर आसिफ शेखले १० बल र गुल्सन झाले १३ बलमा समान ११ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेन संघर्ष गर्नुप¥यो । नेपालले वेष्ट इन्डिज विरुद्ध ६ ओभरको पावर प्लेमा ३ विकेट गुमाएर जम्मा २२ रन मात्र बनाएको थियो । टी–२० विश्वकपमा नेपालको पावर प्लेमा सबैभन्दा कम स्कोर हो । यसअघि सन् २०२४ मा बंगलादेश विरुद्ध २४–४ रन बनाएको थियो ।

ओपनर कुशल भुर्तेल लगातार दोस्रो खेलमा सिंगल डिजिटमा आउट भए । उनलाई पहिलो ओभरमै वेष्ट इन्डिजका अकिल होसेनले बोल्ड गरेका थिए । त्यसपछि रोहित पौडेल ५, आसिफ शेख ११, आरिफ शेख २ र लोकेश बम ११ रनमा आउट हुँदा नेपालले ४६ रनमै ५ विकेट गुमाएर संघर्ष पूर्ण अवस्थामा थियो । तर त्यसपछि दीपेन्द्रले गुल्सद्द झासँग मिलेर नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरे । गुल्सन पनि ११ रनमा आउट भएपछि दीपेन्द्र र सोमपाल मिलेर अर्धशतकिय साझेदारी गरेपछि नेपालले स्कोर बढाएको थियो ।

दीपेन्द्र अन्तिम ओभरमा आउट हुनुअघि सोपमलासँग ५४ रनको साझेदारी गरेका थिए । बलिङमा वेस्ट इन्डिजका जेसन होल्डरले ४ तथा अकिल होसेन, म्याथ्यु फोर्डे, शमार जोसेफ र रोस्टन चेसले १–१ विकेट लिए । नेपाल लगातार तीन हारपछि यस समूहमा अंकविहिन छ । नेपालले अब मंगलबार स्कटल्याण्डसँग खेल्नेछ । स्कटल्याण्ड विरुद्ध हुने अन्तिम खेल नेपालका लागि प्रतिष्ठाको लडाईँ मात्र हुनेछ ।

प्रतिक्रिया दिनुहोस्