Logo
Logo

बेलायत र क्यानडाका नागरिकले बिनाभिसा चीन यात्रा गर्न पाउने


441
Shares

काठमाडौं । बेलायत र क्यानडाका नागरिकहरूले मङ्गलवारदेखि बिनाभिसा ३० दिनसम्म चीनको यात्रा गर्न सक्ने भएका छन् । चीनको विदेश मन्त्रालयले पर्यटन, व्यवसाय, परिवार र साथीभाइ भ्रमण, आदानप्रदान वा ट्रान्जिटका लागि भिसा-मुक्त प्रवेश अनुमति दिइने बताएको छ। यो नीति डिसेम्बर ३१, २०२६ सम्म लागू हुनेछ ।

यो सुविधा हालैका उच्चस्तरीय भ्रमणहरूपछि आएको हो । बेलायतका प्रधानमन्त्री केअर स्टार्मर र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले जनवरी २०२६ मा चीन भ्रमण गरेका थिए । उनीहरूले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरी यात्रा नियमहरू खुकुलो पार्ने सहमति गरेका थिए।

आइतबार चीनको विदेश मन्त्रालयले यो योजनाले ‘चीन र अन्य देशहरू बीच जनता–जनताको आदानप्रदानलाई अझ सहज बनाउने’ बताएको छ ।

प्रतिक्रिया दिनुहोस्